मनकामना केबुलकार अनिश्चितकालका लागि बन्द

गोरखा । मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चित कालका लागि सेवा स्थगन भएको छ । कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबुलकारको प्यानलमा क्षति पुगेको हो ।

मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ । अर्को सूचना जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले जानकारी गराएको छ ।

Advertisement

अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने भएकोले तत्काल केबुलकार सञ्चालन हुन नसक्ने कम्पनीले जनाएको छ ।

 

More News last news
Loading...