काठमाडौं । नयाँ प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउन राष्ट्रपति कार्यालयले तयारी पूरा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आज बेलुका ५ बजे सकिँदै छ ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा बहुमतसहित दाबी गर्न राष्ट्रपति भण्डारीले दिएको समय आज साँझ सकिन लागेको हो । राष्ट्रपति कार्यालय नयाँ प्रधानमन्त्रीलाई शपथ ग्रहण गराउन तयारी पूरा भएको राष्ट्रपतिको प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।
बालकोटमा भएको सहमति अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एमालेसहितको गठबन्धन सरकार बन्ने भएको छ । गैर काँग्रेस गठबन्धनमा स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी पनि सहभागी हुने सहमति भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
