बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन

काठमाडौं l बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । ९३ वर्ष उमेरमा गएराति उनको निधन भएको हो।

कानून अध्ययन गरेका उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य थिए। उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त पनि भए। दुई कार्यकाल मन्त्री पनि भएका बस्नेत नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत हुन्।

Advertisement

उनले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेका थिए। भोजपुरको दिङ्लास्थित साल्मामा जन्मिएका बस्नेतले बनारस हिन्दु विश्वविद्यालयबाट एमए / एलएलबी अध्ययन गरेका थिए।

More News last news
Loading...