मन्त्री बनेर सरकारमा नजाने महामन्त्री गगन थापाकाे घाेषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गर्नुभएकाे छ । निर्वाचन परिणामपछि सञ्चारकर्मीसँग कुरा गर्दे थापाले सरकारमा नजाने घाेषणा गर्नुभएकाे हाे ।

संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नुभएका थापा ३९ मतान्तरले पराजित हुनुभएकाे छ ।

Advertisement

थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने तर आफू सरकारमा नजाने बताउनुभयाे । परिणाम अप्रत्यासित भएकाे उहाँकाे भनाइ थियाे ।

More News last news
Loading...