ज्येष्ठ सांसद् पशुपतिशमशेर जबराले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं l प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बुधबार पद तथा गोपनीयताको शपथ लिँदैछन्।

अन्य सदस्यलाई शपथ गराउनु अघि जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिन लागेका हुन्। उनलाई आज दिउँसो १ः३० बजे शपथ गराउने कार्यक्रम तय भएको सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

Advertisement

जबराले शपथ लिएपछि बिहीबार अन्य सदस्यहरूलाई शपथ गराउनेछन्। ज्येष्ठ सदस्यको नागरिकताअनुसार उमेर यकिनपछि सङ्घीय संसद् सचिवालयले शपथका लागि राष्ट्रपतिसमक्ष पत्राचार गरेको थियो।

नागरिकताका आधारमा सबैभन्दा ज्येष्ठ सदस्य नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित महिन्द्र राय यादव हुन्। तर यादवले यसअघि पनि नागरिकता र आफ्नो वास्तविक उमेर फरक रहेको भन्दै शपथ गराउन अस्वीकार गरेका थिए।

२०७४ मा यादवले शपथ गराउन अस्वीकार गर्दै महन्थ ठाकुरले शपथ र बैठकको अध्यक्षतासमेत गरेका थिए।

सचिवालयले यादवबाहेक राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र जबराको नागरिकता यकिनपछि शपथका लागि पत्राचार गरेको थियो।

More News last news
Loading...