मेस्सी ‘वर्ल्ड स्पोर्ट स्टार अफ द इयर’ बाट सम्मानित

काठमाडौं l अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड प्राप्त गरेका छन्।

बीबीसीले विश्वकप विजेता मेस्सीलाई २०२२ को यस अवार्ड प्रदान गरेको हो। ३५ वर्षीय मेस्सीले आइतबार अर्जेन्टिनालाई कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि दिलाएका थिए।

Advertisement

अर्जेन्टिनाले ३६ वर्षपछिको तेस्रो  विश्वकप उपाधि जितेको हो।​ विश्वकमा फ्रान्सेली क्लब पीएसजीका फरवार्डले उनलृ विश्वकपमा गोल्डेन बल समेत प्राप्त गरेका थिए।​ पाँचौं पटक विश्वकप खेलेका मेस्सीले कतार विश्वकपमा ७ गोल गरेका थिए।

More News last news
Loading...