विश्वकप फुटबलको उपाधिसँगै अर्जेन्टिनाले पायो ४२ मिलियन डलर

काठमाडौं l २२ औँ संस्करणको विश्वकप फुटबलको उपाधिसँगै अर्जेन्टिनाले ४२ मिलियन (चार करोड २० लाख) अमेरिकी डलर पुरस्कार हात पारेको छ। यो रकम २१औँ संस्करणभन्दा चार मिलियन डलरले बढी हो ।

विजेता अर्जेन्टिनाले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफीसमेत हात पारेको छ। यो सक्कली ट्रफी रनिङ ट्रफी हो । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जिते सक्कली ट्रफी सधैँका लागि लैजान पाउने व्यवस्था छ।

Advertisement

उपविजेता फ्रान्सले ३० मिलियन (तीन करोड) अमेरिकी डलर प्राप्त गरेको छ। तेस्रो भएको क्रोएसियाले २७ मिलियन अमेरिकी डलर र चौथो भएको मोरक्कोले २५ मिलियन अमेरिकी डलर पाएका छन्।

यसैगरी क्वार्टरफाइनलमा पुगेका टोलीले १७ मिलियन, अन्तिम १६ मा पुगेका टोलीले १३ मिलियन हात पारेका छन्। समूह चरणमा खेल्ने सबैले नौ मिलियन अमेरिकी डलर प्राप्त गरेका छन्।

More News last news
Loading...