कांग्रेस वरिष्ठ नेतालाई भोलि जापान सरकारले सम्मान गर्ने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ ।

नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरिएकोमा कोभिड महामारीका कारण कार्यक्रम स्थगित भएको थियो ।

Advertisement

नेपालस्थित जापानको दूतावासले भोली नेता पौडेललाई उहाँको निवासमा एक कार्यक्रमबीच सम्मान गर्ने तयारी रहेको बताएको छ । पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने तयारी छ।

More News last news
Loading...