समानुपातिकतर्फको अन्तिम मतपरिणम सार्बजनिक, कुन दलले कति सिट पाए ?

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो।

आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ। जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ। एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ।

Advertisement

दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ। त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ। जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ। जनमत पार्टीले तीन लाख ९४ हजार ५६६ मत पाएको छ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ। नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ। बाँकी दलले एकलाख भन्दा कम मत पाएका छन्।

समानुपातिकमा कसको कति सिट ?

यति मत अनुसार मत परिणाम विभाजक सूत्र प्रयोग गर्दा नेकपा एमालेले सबैभन्दा धेरै सिट पाउने भएको छ। एमालेले ३४ र समानुपातिकमा दोस्रो स्थानमा रहेको कांग्रेसले ३२ सिट पाउने छन्। यसैगरी माओवादीले १४ र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १३ सिट पाएका छन्।

मधेशवादी दल राष्ट्रिय जनता दल (जसपा) र जनमत पार्टी दुवै दलले समानुपातिकमा ५–५ सिट पाउने भएका छन्। एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेपनि समानुपातिकमा भने थ्रेस होल्ड कटाएको छैन ।

More News last news
Loading...