भारतीय पक्षले एकतर्फी बन्द गर्‍यो दार्चुलाको सीमा पुल

दार्चुला l दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल एकपक्षीय रुपमा भारतले बन्द गरेको छ।

सोमबार बिहानैदेखि पुल बन्द गरिएपनि नेपाली पक्षलाई भने जानकारी दिइएको छैन। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने भारतीय पक्षबाट पुल बन्द गरेको बारेमा आफूहरुलाई कुनै जानकारी नआएको बताए।

Advertisement

नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको तर भारतीय पक्षबाट सीमा पुल बन्द गरेको जानकारी नआएको उनको भनाइ छ।

‘भारततिर कुनै कार्यक्रम हुन सक्छ। त्यसको हामीलाई कुनै जानकारी छैन’, उनले भने ‘स्थानीय र भारतीय पक्षसँग समन्वय गरेर हिजो नै समस्या समाधान गरेको भए पनि आज किन पुल बन्द गरियो भन्ने थाहा भएन।’

पुल बन्द भएपछि नेपाल र भारतका स्थानीय दुवैतिर आवतजावत गर्न पुल खोलिने पर्खाइमा छन्।

More News last news
Loading...