दोलखामा उल्टियो अग्रता, माओवादीका कार्कीलाई उछिन्दै एमालेका शिवाकोटीको अग्रता

दोलखा । दोलखामा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका कार्कीलाई करिब १ हजार ५ सय ३ मतले पछि पार्दै शिवाकोटीले अग्रता लिएका हुन् ।

Advertisement

अहिलेसम्मको मतगणनामा एमालेका शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादीका कार्कीले १४ हजार ७१५ मत प्राप्त गरेका छन् ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेको थियो । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उम्मेदवार सात गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।

More News last news
Loading...