राष्ट्रिय पार्टीको सूचीमा थप तीन नयाँ दल थपिँदै

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फको ९० प्रतिशतभन्दा बढी मत गणना सकिँदा सात वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको हो।

अघिल्लो संसद्मा प्रतिनिधित्व रहेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) सँगै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सिके राउतको जनमत पार्टी राष्ट्रिय पार्टीकोे सूचीमा थपिएको छ ।

Advertisement

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको समानुपातिकतर्फ मतगणनाको नतिजा आयोगको प्रणालीमा समावेश गर्ने क्रम जारी छ ।

अहिलेसम्म करिब ९७ लाखभन्दा बढी गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

More News last news
Loading...