आज म्यादी प्रहरीको बिदाई गरिँदै

काठमाडौं l संसदीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई आज बिदाई गरिने भएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षार्थ खटिएका १ लाख १५ हजार म्यादी प्रहरीलाई आज बिदाई गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी नायव महानिरीक्षक एवंम केन्द्रीय प्रहरी प्रवक्ता टेक प्रसाद राईका अनुसार अनुकुलता हेरेर सबै जिल्लामा खटिएका म्यादी प्रहरीहरुको आज विदाई गरिने छ। ४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले छोटो तालिमको अनुभवबाट उत्कृष्ट कार्य सम्पादन गरेको उनले बताए।

Advertisement

प्रहरी प्रवक्ता राईका अनुसार उनीहरुलाई धन्यवाद तथा प्रमाणपत्रसहित ससम्मान बिदाइ गरिने छ। गृह मन्त्रालयको विशेष सुरक्षा योजना अन्तर्गत नेपाल प्रहरीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो।

More News last news
Loading...