काठमाडौं । प्रत्यक्षतर्फको मत गणनासँगै समानुपातिक तर्फको मत गणना पनि भइरहेको छ । अहिलेसम्मको मत गणनामा समानुपातिक मत गणनामा नेकपा एमाले पहिलो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको हो ।
आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक मतमा तेस्रो स्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्र चौथो स्थानमा रहेको छ।
अहिलेसम्म एमालेले ५३ हजार बढी मत प्राप्त गरेको छ भने कांग्रेसले ४८ हजार मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले २३ हजार मत प्राप्त गर्दा माओवादीले २० हजार मत प्राप्त गरेको छ ।
पाँचौं स्थानमा रहेको राष्ट्रि प्रजातन्त्र पार्टीले ११ हजार बढी मत प्राप्त गरेको छ। नेकपा समाजवादी पार्टीले समानुपातिकतर्फ जम्मा २ हजार मत प्राप्त गरेको छ।
त्यस्तै जनमत पार्टीले ४ हजार ४ सय, जनता समाजवादी पार्टीले ३ हजार ७ सय र लोकतान्त्रिक समाजवादी पार्टीले २ हजार मत प्राप्त गरेको आयोगले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
