काठमाडौं । नेपालमा डेंगुबाट आज एकैदिन ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट आज ३ जनाको मृत्यु भएको हो।
योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। आज एकैदिन १ हजार ३८० जना डेंगुका बिरामी थपिएको पनि मन्त्रालयले जनाएको छ।
यसैबीच १८ जना कोरोना संक्रमित आज निको भएर घर फर्कंदा ४ जना संक्रमित मात्र थपिएका छन्। हाल देशभर ४०६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
