काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदान गरेका छन् । उनले आइतबार काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार समेत हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले संवैधानिक व्यवस्थाभित्रको चक्र नटुटाउन आग्रह गरे। उनले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताए ।
उनले कांग्रेस बाहेक अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने बताए । महामन्त्री थापाले सांसद चुनिएर गएको भोलि पल्टबाट नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताए । उनले ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने आफ्नो प्रमुख चुनौती रहेको बताए ।
महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताहरु शिक्षित रहेकाले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
