मंसिर २ देखि ५ गतेसम्म देशभर सार्बजनिक बिदा !

काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको दिन मंसिर ४ गते र त्यसको भोलीपल्ट सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

आम निर्वाचन २०७९ को मतदान हुने दिन २०७९ मंसिर ४ गते आईतबार र त्यसको भोलीपल्ट मंसिर ५ गते सोमबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको सूचनामा उल्लेख छ ।

Advertisement

यस्तै, मतदान स्थल रहेका शिक्षण संस्था र बिद्यालयहरुमा मंसिर २ देखि ५ गतेसम्म बिदा दिने निर्णय भएको पनि सूचनामा उल्लेख छ । मंसिर ४ गते आम निर्वाचन हुँदैछ ।

More News last news
Loading...