महानगरपालिकाको लोगो डिजाइन गर्नेलाई एक लाख पुरस्कार

काठमाडौं । विराटनगर महानगरपालिकाले महानगरको प्रतीक चिह्न (लोगो) डिजाइन गर्नेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। सोमबार(आज) सार्वजनिक सूचना जारी गर्दै महानगरले लोगो डिजाइनका लागि आह्वान गरेको हो।

सूचना जारी भएको मितिले २१ दिनभित्र लोगो डिजाइन गरेर पठाउन सकिने बताइएको छ। छनोट भएको लोगोलाई एक लाख रुपैयाँ पुरस्कार दिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ।

Advertisement

लोगो विराटनगर महानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्कने हुनुपर्ने, महानगरपालिकाको नाम समावेश हुनुपर्ने, लोगोमा कुनै पनि धार्मिक, जातीय तथा साम्प्रदायिक विभेद झल्कने, सामाजिक सद्भावमा खलल पुग्ने तथा नेपालको सार्वभौमिकता, एकता र अखण्डतामा प्रतिकूल असर गर्ने संकेत प्रयोग गर्न पाइने छैन ।

प्रयोग गरिएका संकेतहरूको संक्षिप्त व्याख्यासमेत गर्नुपर्ने र अन्यत्रबाट नक्कल गरिएको मान्य नहुने बताइएको छ। यस्तै प्राप्त भएको लोगोमा आवश्यक परिमार्जन गर्न आग्रह गरिएमा सो अनुसार परिमार्जन गरिदिनुपर्ने पनि सूचनामा भनिएको छ।

More News last news
Loading...