यी हुन् मंसिर ४ मा बिना पास चल्न पाउने सवारीसाधन

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने मतदानको दिन गाडी सञ्चालनको लागि केही सहज बनाएको छ।

यसअघिका चुनावहरुमा मतदानको दिन चलाउने धेरैजसो गाडीका लागि आयोग वा आयोगले तोकेका कार्यालयबाट पास लिनुपर्ने व्यवस्था हुने गरेकोमा यस वर्ष तोकिएको सेवा र क्षेत्रका गाडी चलाउन अनुमति लिनु नपर्ने भएको हो।

Advertisement

आयोगले निकालेको सूचनामा एम्बुलेन्स, शव वाहान, दमकल, खानेपानीका ट्याङ्कर, दुध बोक्ने गाडी, तरकारी फलफूल तथा विद्युत सेवा, दुरसञ्चार र केबलका लागि प्रयोग हुने गाडी निर्वाध रुपमा चलाउन पाउने उल्लेख छ।

यस्तै सञ्चारकर्मीले प्रयोग गर्ने गाडी, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले प्रयोग गरेको गाडी, निर्वाचन आयोगबाट जारी प्रमाणपत्रबाहक व्यक्तिले प्रयोग गरेका गाडी तथा पर्यटक बोक्ने हरियो नम्बर प्लेटका गाडी चलाउन पनि अनुमती लिन नपर्ने भएको छ।

यस्तै, कुटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारी, सुरक्षाकर्मी र मतदान केन्द्रमा खटिने कर्मचारी तथा स्वयम्सेवकले प्रयोग गर्ने गाडी पनि निर्वाध रुपमा चल्न दिने आयोगले जनाएको छ।

More News last news
Loading...