काठमाडौं । भारत सरकारले निर्वाचन प्रयोजनका लागि भनेर आयोगलाई उपलब्ध गराएका ८० वटा गाडी यो चुनावमा भने प्रयोगमा नआउने भएका छन् । सरकारी दर्ता प्रक्रिया मिलाउन ढिलाई भएको भन्दै ति गाडी तत्कालै नचन्ने भएका हुन् ।
नेपाल सरकारलाई प्राप्त दुई सय मध्ये १ सय २० गाडी शान्ति सुरक्षा प्रयोजनका लागि गृह मन्त्रालयले लगेको छ। यसअघि वि.स. २०६४, २०७०, २०७४ सालमा सम्पन्न निर्वाचनमा सयौं सवारीसाधन उपलब्ध गराएको भारत सरकारले त्यो क्रमलाई यसपटकका चुनावमा पनि निरन्तरता दिएको छ ।
आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भारत सरकारसँग सवारीसाधन माग गरेअनुसार उपलब्ध सवारीसाधन समयमै प्राप्त नहुँदा सञ्चालनमा कठिनाई भएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
स्थानीय चुनावमा सवारी साधन अभाव हुँदा आयोग र प्रहरीले भाडाको सवारी साधन उपयोग गरी तोकिएको काम सम्पन्न गरेका थिए । सहयोगमा पाएको नयाँ सवारी चल्ने अवस्था नभएपछि आयोगलाई चुनावी सामाग्री ओसार पसारमा थप दबाब भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
