काठमाडौँ महानगरद्वारा खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला रुपमा आगो बाल्न रोक लगाएको छ । काठमाण्डौ महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो।

खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ ।

Advertisement

महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । केही दिनयता काठमाण्डौ उपत्यकासहित देशका मुख्य सहरमा प्रदूषण बढ्न थालेको छ । आज बुटवलमा हावाको गुणस्तर सबैभन्दा खराब छ ।

बिहान साढे ७ बजे बुटवलको एक्यूआई १ सय ५६, दाङ तुलसीपुरको १ सय ५४, भक्तपुरको १ सय ५२ रहेको छ । त्यस्तै काठमाण्डौको १ सय २८ छ । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ ।

त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि जोखिम हुन्छ । नेपालमा कात्तिक/मंसिरको समयमा धान काटेपछि पराल डढाउने गर्नाले प्रदूषण फैलने गरेको छ । यस्तो हावाले स्वास्थ्यमा निक्कै असर गर्ने डाक्टरहरु बताउँछन् ।

प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै आँखा र नाक पोल्ने समस्या बढ्न सक्ने डाक्टरहरु बताउँछन् । प्रदूषणका कारण विभिन्न स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन श्वासप्रश्वास रोग विशेषज्ञ डा. सुबोध ढकालको सुझाव छ ।

More News last news
Loading...