सुर्खेतमा प्रचण्डमाथि जुत्ता प्रहार !

काठमाडौं । चुनावी दौडाहका क्रममा सुर्खेत पुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ। मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन।

कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ। प्रहरीले भने जुत्ता प्रहार हुनै लाग्दा रोकेको दाबी गरेको छ।

Advertisement

प्रचण्डसहितको टोली मंगलबार जुम्ला, हुम्ला र कालीकोटका विभिन्न स्थानमा भएको गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गरेर सुर्खेत झरेका थिए । जुत्ता प्रहार गर्ने युवाको परिचय खुलाइएको छैन।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अवलचिंगस्थित प्रहरी कार्यालयमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

More News last news
Loading...