काठमाडौँ । आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन प्रणाली बन्द हुने भएको छ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारी समेत खटिनुपर्ने भएकाले आवेदन नलिइने जनाएको छ।
आवेदन फेरि कहिलेबाट खुल्ने भन्ने सम्बन्धमा पछि सूचना जारी गरिने विभागको भनाइ छ। ‘आवेदन लिइने अनलाइन प्रणाली मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्म बन्द रहनेछ’ विभागले सूचनामा भनेको छ।
अनलाइन प्रणाालीबाट लाइसेन्सका लागि आवेदन बुझाएपछि प्राप्त हुने मितिमा निवेदन रुजु तथा बायोमेट्रिक विवरणका लागि आवेदक तोकिएको कार्यालय जानुपर्छ। सो प्रक्रिया पूरा भएपछि लिखित र ट्रायल परीक्षा हुँदै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
