जनतासँग यस्ता छन् रवी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका बाचा (पूर्णपाठसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सभापति रवि लामिछानेले पार्टीले पाँच वर्षमा गर्नसक्ने जति विषय समेटेर जनतासामू वाचा पत्र सार्वजनिक गरेको बताए ।

जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आम निर्वाचनहरूमा बढीभन्दा बढी नागरिक सहभागितालाई प्रवर्द्धन गर्ने बाचा गरेको छ। यस्तै झण्डरहित सरकारी सेवाका लागि जिम्मेवार, प्रभावकारी र पारदर्शी सरकार सञ्चालन गर्ने बाचा गरेको छ।

Advertisement

भ्रष्टाचार देश विकासका मुख्य बाधक भएको भन्दै सो पार्टीले यसविरुद्ध निर्ममरुपमा प्रस्तुत हुने बाचा पनि गरेको छ। महिला तथा अन्य लिंगका व्यक्तिहरूलाई समाजमा स्वतन्त्र, आत्मनिर्भर र सम्मानित बनाउँदै समाज विकासको मूलधारमा स्थापित गर्ने वाचा सो पार्टीले गरेको छ।

नागरिकलाई राज्यको अभिभावकत्व महसुस गराउने, भविष्यमा कसैलाई पनि आरक्षण नचाहिने समाजको कल्पना गर्ने, शिक्षालाई मौलिक, आधुनिक र व्यवहारिक बनाउने गरी काम गर्ने बाचा पनि गरेको छ। यस्तै गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति गराउने, कृषिमा व्यवसायीकरण गर्ने लगायतका बाचा समेटिएको छ।

बाचापत्रको पूर्णपाठ :

More News last news
Loading...