नवलपरासी पूर्वमा १३ मतदानस्थल अतिसंवेदनशील

नवलपरासी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपरासी पूर्वमा तोकिएका मतदानस्थलमध्ये १३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन्।

जिल्लामा एक सय १३ वटा मतदानस्थलमध्ये १३ वटा अतिसंवेदनशील, ३७ संवेदनशील र ६३ वटा सामान्यको सूचीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको पहुँचका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले बताउनुभयो।

Advertisement

उहाँका अनुसार यातायातको सुविधा नपुगेको, भौगोलिक विकटता रहेको ठाउँमा सुरक्षाको जोखिम हुनसक्ने भएकाले अतिसंवेदनशील केन्द्रका रुपमा मानिएको हो । निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई एकीकृृत गरी परिचालन गर्नेगरी सुरक्षा विशेष योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभएको छ।

सशस्त्र र जनपथ प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाले विशेष फोर्स स्थापना गरेर निर्वाचनको सूक्ष्मरुपमा विश्लेषण गरी सुरक्षा प्रदान गर्ने उहाँले बताउनुभयो। निर्वाचनलाई निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्न मतदानपूर्व, मतदानको दिन र मतदानपछिको परिणाम घोषणा र विजय -यालीसम्मका लागि तीन चरणको सुरक्षा योजना बनाइएको छ।

नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरीको प्रहरी उपरीक्षकको कमाण्डमा एक निर्वाचन क्षेत्रमा एउटा टोली खटाइने र आवश्यक परे बढीमा २५ मिनेटभित्र नेपाली सेनाको टोली मतदानस्थलमा पुग्ने गरी सुरक्षा योजना बनाइएको छ।

मतदान सम्पन्न भएपछि सुरक्षित तरिकाले मतपेटीका गणनास्थलसम्म पु-याउने, मतगणनास्थल र मतगणना गर्ने कर्मचारी र उम्मेदवारको सुरक्षा र मतपरिणाम आएपछि दलले विजयी -यालीका लागि तेस्रो चरणको सुरक्षा व्यवस्था मिलाइएको प्रजिअघिमिरेले बताउनुभयो।

More News last news
Loading...