भोलि यस स्थानमा सार्वजनिक बिदा !

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ। दशरथचन्द-८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताउनुभयो।

बिहीबार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन्। त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्लअष्टमी र शुक्लनवमीमा भव्य जात्रा लाग्ने गर्दछ।

Advertisement

यहाँ भारतीय दर्शनार्थीसमेत आउने गरेका छन्। यसअघि बुधबार पाटन नगरपालिका-२ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको थियो।

तिहार सकिएसँगै बैतडीसहित सुदूरपहाडका शक्तीपीठ र मन्दिरमा जात्राको रौनक छाएको छ। यहाँ तिहारपछि १५ दिन जात्रा लाग्ने गर्दछ।

More News last news
Loading...