यमपञ्चकको दोस्रो दिन आज काग तिहार, कागको पूजा गरि मनाइँदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ। आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ ।

आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ।

Advertisement

हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको हो। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीप दान गरिन्छ।

यस्तै, भोलि सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ।

धर्मशास्त्रविद् प्रा. डा रामचन्द्र गौतमका अनुसार पर्सि मंगलबार गाईको पूजा गरिन्छ। बुधबार गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ। बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि यमपञ्चक अर्थात तिहार पर्व समापन हुन्छ।

More News last news
Loading...