शान्ति सैनिक लिएर माली पुगेको नेपाल वायु सेवा निगमको जहाज ग्राउन्डेड

काठमाडौं l नेपाली शान्ति सैनिक लिएर बुधबार राति काठमाडौंबाट गएको नेपाल वायुसेवा निगमको जहाज पांग्रा पन्चर भएकाले पश्चिम अफ्रिकास्थित मालीमा ग्राउन्डेड भएको छ।

जगेडा पांग्रा नपाइएपछि मालीबाट नेपाल फर्किन लागेका ७५ जना सैनिक उतै अलपत्र परेका छन्। बुधबार राति काठमाडौंबाट शान्ति मिसनमा खटिएका सेनाहरूको टोलीलाई बोकेर दोहा हुँदै माली पुगेको थियो।

Advertisement

‘जहाजको पांग्रा पन्चर भएपछि ग्राउन्डेड भएको खबर आएको छ, हाम्रो प्राविधिक टोली छिटोभन्दा छिटो टायर उपलब्ध गराएर जहाजलाई रेस्क्यु गर्न जुटिसकेको छ,’ निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने, ‘सकेसम्म मालीमै पांग्रा भाडामा लिने प्रयासमा छौँ, त्यो सम्भव नभए यहीँबाट भए पनि पांग्रा लगेर जहाज छिटो उडाउँछौँ।’

जगेडा पांग्रा नभएको हुँदा जहाज ग्राउन्डेड हुनुपरेको अधिकारीले बताए।

More News last news
Loading...