प्रत्यक्ष तर्फका ४ सय ९५ प्रकारका छुट्टाछुट्टै मतपत्र छपाई सुरु

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते पहिलो निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाई बिहीबारबाट सुरु गरेको छ ।

आयोगका अनुसार उम्मेदवारको मात्र मतपत्रमा चिह्न रहनेछ । आयोगले यस प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४ सय ९५ प्रकारका मतपत्र हुने जनाएको छ ।

Advertisement

मतपत्र छपाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले गरिरहेको छ । मतपत्र छपाईमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

आयोगले बुधबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिरसकेको छ ।

 

More News last news
Loading...