एमालेका भुसालले पनि पाएनन् टिकट, राप्रपाका बोहोरा बने उमेद्वार

एमाले नेता घनश्याम भुसालले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्। यसअघि उनले टिकट पाउने कि नपाउने टुंगो नभएकामा अब भने नपाउने पक्का भएको स्रोतले बताएको छ।

एमालेनिकट स्रोतका अनुसार भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ मा राप्रपाका दिपक बोहोरा*ले टिकट पाएका छन्। यो क्षेत्रमा एमालेले राप्रपालाई सघाउनेछ।

Advertisement

२०७४ सालको निर्वाचनमा बोहोरालाई भुसालले हराएका थिए। बोहोरा कांग्रेसको समर्थनमा राप्रपाका उम्मेदवार थिए भने भुसाल वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार थिए।एमालेको नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका भुसाल दसौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए। आफूले सार्वजनिक गरेको सूचीलाई चुनौती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली भुसालप्रति अनुदार बन्दै आएका छन्।

ओलीले आफ्ना विरूद्धमा अध्यक्ष उठेका भीम रावल, भुसाल लगायतलाई भोट नहाल्न उर्दी नै जारी गरेका थिए।

एमालेभित्र वैचारिक नेता भनेर चिनिने भुसालको टिकट राजतन्त्र पक्षधर पार्टी राप्रपाका बोहोराको हात लागेको छ।

More News last news
Loading...