काठमाडौं । सल्यानको कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे पूर्ण विवरण आउन भने बाँकी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
