साढे २ महिनामा २५ हजार बढीमा फैलियो डेंगु प्रकोप

बागमती मात्रै झण्डै २० हजार

काठमाडौं । मुलुकभर देखिएको डेंगुको प्रकोपले महामारीको रुप लिन थालको छ। सोही क्रममा साढे २ महिनामा २५ हजार ५ सय ४३ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ जनाले ज्यान गुमाएका छन्।

यो संख्या पछिल्लो १८ वर्ष यताकै उच्च हो । डेंगुबाट ज्यान जाने क्रम पनि जारी छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगु सक्रमण बागमती प्रदेशमा देखिएको छ।

Advertisement

बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १० (कूल संक्रमितको झन्डै ७८ प्रतिशत) जनामा संक्रमण देखिएको छ।

बागमतीपछि लुम्बिनी प्रदेशमा डेंगीका संक्रमित धेरै छन्। लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण देखिएको छ।

हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ।

नेपालमा वि.स. २०६१ सालमा पहिलो पटक एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यस यता वार्षिक बढ्दै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यतिबेला ६८ जिल्लामा डेंगु फैलिएको थियो भने ५ जनाको मृत्यु भएको थियो ।

More News last news
Loading...