थप ७४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । देशभर थप ७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो सोही अवधिमा ११६ जना संक्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १ हजार २८३ पुगेको छ ।

Advertisement

आज थप १ जना संक्रमितको मृत्यु पनि भएको छ । नेपालमा कोभिड–१९ को महामारीमा १२ हजार १७ जनाले ज्यान गुमाइसकेका छन् ।

More News last news
Loading...