कांग्रेसमा ४० प्रतिशत सिटमा कोइराला समूहको दाबी, ठमेलमा गोप्य बैठक

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवार चयन गर्दा सिटको न्यायोचित वितरण हुनुपर्ने माग गरेको छ।

उम्मेदवार चयनको अन्तिम निर्णय हुने बेला नेता कोइरालाले आज बिहान आफूनिकट नेताहरुसँग छलफल गरेका छन् ।

Advertisement

काठमाडौंको ठमेलस्थित एक होटलमा भएको बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवाले महाधिवेशनमा भोट नहालेकै आधारमा आफूहरुले टिकट नपाउने र अन्याय हुने अवस्था भए विद्रोह गर्ने चेतावनीसमेत दिएका छन्।

बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत नेताहरु सहभागी थिए।

डेंगु संक्रमण भएका कारण महामन्त्री गगन थापा भने भेलामा उपस्थित थिएनन् । नेता गुरुराज घिमिरेले गठबन्धन गर्ने नाउँमा सभापति देउवाले कोइराला समूहको प्रभाव भएका क्षेत्र गठबन्धनका अन्य दललाई दिने गरी षड्यन्त्र हुने सम्भावना बढेपछि त्यसकालागि दबाब दिनेबारे छलफल भएको बताए ।

More News last news
Loading...