काठमाडौं । घरेलु टोली नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे नेपालले साविक विजेता भारतको सामना गर्न लागेको हो । नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ भने भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ ।
नेपाल हरेक संस्करणमा भारतसँग पराजित हुँदै उपाधि जित्नबाट बञ्चित हुँदै आएको छ। विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।
यसैगरी बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजेबाट सुरु हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
