काठमाडौँ । पछिल्लो २४ घण्टामा दुई सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी पाँच हजार ५९ जनाको नमुना परीक्षण गर्दा दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा एक सय २६ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन। अहिले नेपालमा दुई हजार दुई सय ३२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्।
थप चार लाख २९ हजार आठ सय सात जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
