साफ महिला च्याम्पियनसिपः नेपालद्वारा श्रीलंकामाथि ६ गोलको वर्षा

काठमाडौं । काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

आज (सोमबार) दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो।

Advertisement

नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन्। यस्तै, कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन्। यो जितसँगै नेपालले अपराजित रहँदै अन्तिम चारमा स्थान बनाएको हो।

More News last news
Loading...