काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गरिएको हाे।
१ हजार ७ सय १८ जनाको पीसीआर र २ हजार २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शनिबार १ सय ३० जना संक्रमित संक्रमणमुक्त भएका छन् । साथै देशभर २ हजार ४ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
