काठमाडौं । कार्यव्यस्ताका कारण देखाई स्थगित भएको गठबन्धका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।
सिट बाँडफाँट टुंगो लगाउन शुक्रबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेता र कार्यदल सदस्यहरुको बैठक बोलाइएको थियो ।
तर नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा इन्द्रजात्रामा सहभागी हुन जानुपर्ने थियो भने गृह जिल्ला रौतहट पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं आइपुगेनन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि जनकपुर जानुपर्ने भएपछि बालुवाटारमा पुगेका नेताहरु आज शनिबार बस्ने गरेर नेताहरु उठेका एक नेताले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
