साफ यू–१७ च्याम्पियन शिपमा नेपालले भारतलाई ३-१ ले हरायो

काठमाडौँ । १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएकाे छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएकाे खेलमा नेपालले भारतलाई तीन–एक गाेलले हरायाे ।

नेपालकाे जितमा सराेज दर्लामी, उनेश बुढाथाेकी र सुवास बमले एक–एक गाेल गरे । भारतका लागि ड्यानी मेतीले गाेल गरे । एक–शून्यले पछि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे ।

Advertisement

याे जितसँगै समूह ‘बी’ मा नेपाल दुई खेलमा ६ अङ्कसहित समूह विजेता बनेकाे छ भने भारत दुई खेलमा तीन अङ्क जाेडर उपविजेता बनेकाे छ । दुवै टाेली सेमिफाइनल प्रवेश गरेका छन् ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई दुई-एक गोलले हराएको थियो । भारतले पनि भुटानलाई तीन-शून्य गाेलले हराएको थियो । दुवै खेल हारेकाे भुटान भने प्रतियाेगिताबाट बाहिर भइसकेकाे छ ।

यस्तै आजै हुने दोस्रो खेलमा बेलुका श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । अब नेपालले सेमिफाइनलमा आउँदाे साेमवार श्रीलङ्का वा माल्दिभ्सबीचकाे खेल वकाे विजेसँगता सँग मध्ये एक टिमसँग खेल्नेछ।

 

More News last news
Loading...