सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाटै निलम्बित

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हाे।

विज्ञप्तिमा क्यानले भनेको छ,‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ।’​

Advertisement

More News last news
Loading...