थप २२७ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ४०१ जनामा परीक्षण गर्दा २ सय २७ जनामा संक्रमण देखिएको हो।

Advertisement

१ हजार ५१८ पीसीआर परीक्षण गरिएकोमध्ये १३७ जनामा र २ हजार ८८३ एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा १६८ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ७३ रहेको छ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ।

More News last news
Loading...