काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लाग्नुभएको हो ।
पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ ।
यस्तै उहाँले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्नुहुने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ। भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
