काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्मा फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रियसभाबाट पनि यथारूपमै पारित भएपछि अब त्यो राष्ट्रपतिकहाँ जाने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकले उक्त विधेयक बहुमतले यथारूपमै पारित गरेको हो ।
अब राष्ट्रियसभाबाट पारित भएर आएको विधेयक प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउनेछ। प्रतिनिधिसभामा उत्पत्ति भएको यो विधेयक राष्ट्रियसभाले पारित भएको सन्देश पठाउनेछ।
प्रतिनिधिसभाले सदनको बैठकमा राष्ट्रियसभाको सन्देशको जानकारी गराएपछि सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पठाउने बाटो खुल्नेछ । राष्ट्रपतिले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको यो विधेयक कुनै छलफल नगरी पारित भएपछि अब राष्ट्रपतिसँग प्रमाणीकरण गर्नुको विकल्प छैन ।
राष्ट्रपतिले उठाएका विषयमा छलफल नहुनुलाई गणतन्त्रको सर्वोच्च संस्थाको अपमानका रूपमा लिइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
