६८ दलले दिए समानुपातिक निर्वाचन पद्धतिमा भाग लिन निवेदन

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन्। निर्वाचन आयोगमा चुनावमा भाग लिन निवेदन दिएका ७६ मध्ये समानुपातिकमा भाग लिन ती दलहरुले निवेदन दिएका हुन्।

निवेदन दिने दलहरुमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत छन् ।

Advertisement

यसैगरी, प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा ५५, मधेश प्रदेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२, लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० दलको निवेदन परेको छ । आयोगले बन्दसूचीको नाम बुझाउने दलहरुको संख्या अनुसार मतपत्र बनाउने तयारी समेत गरेको छ ।

More News last news
Loading...