काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् ।
४८२९ जनामा गरिएको परीक्षणमा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले देशभरि ५४३५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३०२ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
