काठमाडाैं l नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघको अध्यक्षमा उषा कुमारी राउत नियुक्त भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार उनलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।
‘सभापतिले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेपाल महिला संघको अध्यक्ष पदमा उषा कुमारी राउत मिश्र (सिरहा) लाई नियुक्त गर्नु भएको छ’, मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
