काठमाडाैं । निर्वाचन आयोगले मंसिर ४ गते हुने आम निर्वाचनको निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
जसअनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ । यस्तै अन्तिम नामावली प्रकाशन असोज २६ गते प्रकाशन हुनेछ ।
त्यसैको आधारमा असोज २८ देखि मतपत्र छपाइ गर्ने तय गरिएको आयोग स्रोतले जनाएको छ । मतपत्र छाप्नमात्रै एक महिना लाग्नेगरी आयोगले कार्यतालिका बनाएको छ।
आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
