काठमाडौँ l आगामी मंसिरमा हुने प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पाऊँ भन्दै विभिन्न ६ वटा राजनीतिक दलहरूले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
आइतबार नेपाल जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली, पुनर्जागरण र जनता प्रगतिशील पार्टी दर्ताका लागि आयोगको कार्यालयमा निवेदन दिएका हुन्।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ। यसका लागि दल दर्ताको समयावधि साउन ३१ गतेसम्म छुट्याइएको छ।
आयोगका अधिकारीहरूका अनुसार आइतबार दर्ता भएका दलहरूबारे अनुसन्धान गरी प्रक्रिया अगाडि बढाइने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
