काठमाडौँ । पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ८२ जनाको नमूना परीक्षण गर्दा ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, थप चार सय ४४ जना कोरोना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ।
अहिले नेपालमा पाँच हजार ६ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। यसैबीच पछिल्लो २४ घण्टामा २० हजार ६ सय ६६ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
